विकास निर्माणको नीति बनाउँछु: दिपक

पाेखरा | कात्तिक २६, २०७९

विकास निर्माणको नीति बनाउँछु:  दिपक

 

पोखरा: निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनैतिक पार्टीका उम्मेदवार प्रचारप्रसारमा जुटिरहेका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की क्षेत्र नं १ (ख) का प्रदेशसभा सदस्यका उम्मेद्वार दिपक गुरुङ ‘माइला’ पनि मतदातासँग भेटघाटमा व्यस्त छन् । उनले आफ्नो क्षेत्रका विभिन्न वडा–वडामा पुगेर घरदैलो गरी गठबन्धनको पक्षमा मत मागेका छन् । 


गुरुङ शनिबार पोखरा–१२ का बाँकी रहेका टोलमा घरदैलो कार्यक्रम गरे । उनले देशलाई समृद्ध बनाउने र समृद्धिको बाटोमा देशलाई डो¥याउन सके जनता खुशी हुने व्यक्त गरे । उनले विकास निर्माणको नीति बनाएर मुलुकलाई अघि बढाउने मतदातासमक्ष प्रतिज्ञा गरेका छन् । 


पर्यटन पूर्वाधार र रोजगारी, शिक्षा र स्वास्थ्य, कृषि, खानेपानी र सिँचाई, उर्जा तथा जलस्रोत, युवा तथा खेलकुद र महिला तथा बालबालिका क्षेत्रमा बढी काम गर्ने उनले प्रतिवद्धता जनाए । ‘स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्न मेरो उम्मेद्वारी हो,’ उनले भने, ‘सुशासन, समृद्धि र विकासको लागि तपाईको मतको आवश्यक छ ।’ उनले मतदाताका गुनासा सन्दै निर्वाचित भएपछि विकास निर्माणको काममा ढिलाई नगर्ने प्रतिवद्धता जनाएका छन् । 


‘सडक सञ्जाल नजोडिएको ठाउँमा विकासको पूर्वाधार थप्दै सडकहरुको स्तरोन्नति जोड दिनेछु,’ उनले भने, ‘मेरो क्षेत्रमा मादी गाउँपालिका पर्ने हुँदा त्यहाँको पर्यटन जोड्ने  याङजाकोट जोड्ने बाटो, पोखरादेखि सिक्लेस,मिजुरे, ताङतिङ, लिप्यानी, भाचोक, वार्चोक, माझठाना, अर्बा र विजयपुर जोड्ने सडकलाई स्तरउन्नती गर्नेछु ।’
 

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्

पोखरा ।   तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

थप पढ्नुहोस्